ताजा समाचार

एमसीसीको बारेमा पार्टीले निर्णय गरेको छैन, समर्थन गरेको हैन : प्रचण्ड

काठमाडाैँ । शुक्रबार बिहान काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले हिजो आमहड्तालका क्रममा आफूले एमसिसीविरोधी  नारा नलगाउन भनेको बताए।

‘अहिले हामी गुण्डागर्दी शैलीमा भएको नियुक्तिको विरोधमा हो, यो बेला पचासथरी नारा नलगाउनुस् भनेको हो,’ प्रचण्डले भने,’बीचमा फ्याट्ट एमसिसी आयो। यो कसरी बीचमा घुस्यो भन्ने हो। यसको मतलब म एमसिसीको पक्षमा अथवा पुनर्विचार गरेको भन्ने होइन। मैले अमेरिकी राजदूतलाई पनि हामी पुनरावलोकनको पक्षमा छौं भनेको छु।’

प्रचण्ड-नेपालले गरेको आमहड्तालमा सहभागी हुन पुल्चोक पुगेका प्रचण्डले त्यहाँ केहीबेर नाराबाजी गरेका थिए।

कार्यकर्ताले नारा लगाउने क्रममा अमेरिकी परियोजना एमसिसीविरूद्ध नारा लगाएका थिए। तर प्रचण्डले तत्कालै त्यो नारा रोक्न लगाए।

कार्यकर्ताले ‘एमसिसी चाहिँदैन’ भन्दै गर्दा प्रचण्डले हातले संकेत गरेर नारा नलगाउन भने। त्यसपछि उनले छेउमै रहेकी नेकपा स्थायी कमिटी सदस्य पम्फा भुसाललाई नारा रोक्न समेत भनेका थिए। लगत्तै एमसिसीविरूद्ध नारा लाग्न छोडेको थियो।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org