ताजा समाचार

नेकपा ओली समूहको जनसभामा क–कसले गर्दैछन् सम्बोधन ?

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ओली समूहले शक्ति प्रदर्शनसहित जनसभाको आयोजना गरेको छ ।

पार्टीको बागमती प्रदेश कमिटीको आयोजनामा नेकपाको ओली समूहले नारायणहिटी दरबार अगाडि मध्यान्ह १२ बजे जनसभाको आयोजना गरेको हो ।

जनसभालाई प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली, सचिवालय सदस्य रामबहादुर थापा, इश्वर पोखरेल, स्थायी कमिटी सदस्य सत्यनारायण मण्डल र पार्वती रावलले सम्बोधन गर्ने कार्यक्रम छ ।

जनसभाअघि काठमाडौंका विभिन्न स्थानबाट र्‍यालीको आयोजना गरिएको छ । जनसभाको ठीक एक दिन अघि बिहीबार नेकपाको प्रचण्ड समूहले प्रतिगमनको विरोध भन्दै आमहड्ताल गरेको थियो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org