ताजा समाचार

ओली पक्षको आमसभापूर्व यस्तो देखियो दरबारमार्ग (तस्बिरहरू)

काठमाडौँ । केपी शर्मा ओली नेतृत्वको नेकपाले शुक्रबार नारायणहिटी दरबारअगाडि बृहत् जनसभा आयोजना गर्दैछ ।

त्यसका लागि नारायणहिटी दरबारको गेट अगाडि बाटोमै मञ्च तयार गरिएको छ । दरबारमार्गका बिजुलीका पोलहरुमा प्रधानमन्त्रीको तस्बिर टाँगिएका छन् ।

त्यस्तै केशर महलसम्म पनि लाउड स्पिकरहरु राखिएको छ । अहिले काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट जुलुस निस्किरहेको र त्यो जुलुस सभास्थलमा पुग्ने नेकपाले जनाएको छ ।

शुक्रबारको आमसभामा उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, नेता सत्यनारायण मण्डल र प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपा प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org