ताजा समाचार

नारायणहिटी संग्रहालय अगाडि ओली पक्षीय नेकपाको आमसभा (LIVE)

काठमाडाैँ । केपी ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आमसभा सुरू भएको छ।

दरबारमार्गस्थित नारायणहिटी संग्रहालय अगाडिको सडक अवरूद्ध गरेर नेकपाले आमसभा आयोजना गरेको छ।

सभा हुनुभन्दा अगाडि विभिन्‍न स्थानबाट जुलुस निकालेको थियो।

पार्टी बागमती प्रदेश कमिटीले आयोजना गरेको सभा सुरु हुनुभन्दा अगाडि गौशाला, ज्ञानेश्‍वर, सोह्रखुट्टे, लैनचौर, प्रदशनीमार्ग, नयाँसडक बागबजार, त्रिपुरेश्‍वरर, पुतलीसडक, भद्रकाली, रत्‍नपार्क, नयाँ बानेश्‍वर र माइतीघरबाट जुलुस निकालिएको थियो।

जुलुस सभास्थल नारायणहिटी दरबार अगाडि गएर सभामा परिणत भएको छ।

हेर्नुहोस् LIVE

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org