ताजा समाचार

ओलीले सोधे–जनता के चाहन्छ ? भीडबाट जवाफ आयो – चुनाव !

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नारायणहिटी अगाडिको जनसभालाई सम्बोधन गर्दै जनताले चुनाव चाहेको बताएका छन् ।

उनले सभामा सहभागिलाई नारा लगाएको शैलीमा सोध्दै भने–अस्थिरता होइन, जनता के चाहन्छ ? जनता के चाहन्छ?’ ओलीको प्रश्नात्मक भीडबाट नेता कार्यकर्ताले भने, ‘चुनाव चाहियो… !’

त्यसपछि ओलीले उत्साहित हुँदै अब अस्थिरता होइन जनताले चुनाव चाहिएको भन्दै देश चुनावमा होमिएको बताए ।

उनले देश चुनावतर्फ गएको भन्दै कसको नेतृत्वमा सरकार बन्छ भन्ने जनताले नै फैसला गर्ने बताए । ‘अब देशक चुनावतिर गयो गयो सबै कुरा चुनावले फैसला गर्छ’, उनले भने ।  सो क्रममा नेता कार्यकर्ताले ओलीको समर्थनको व्यापक नाराबाजी गरेका थिए ।

नाराबाजी लामो समयसम्म गएपछि ओलीले शान्त रहन आग्रह गरेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org