ताजा समाचार

सरकारी वकिललाई प्रधानन्यायाधीशको प्रश्न : फैसला स्वीकार्य हुने सम्भावना छ ?

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले सर्वाेच्च अदालतको फैसला स्वीकार्य हुने सम्भावना छ ? भन्दै प्रश्न गरेका छन् ।

आइतबार सरकारको पक्षबाट बहस गरिरहेका सहन्यायाधिवक्ता श्याम भट्टराईलाई यस्तो प्रश्न गरेका हुन् ।

फैसलाका बारेमा चर्चा गर्दै भट्टराईले भने, ‘‘फैसला बौद्धिक रूपमा आदर गर्न सकिने, सैद्धान्तिक रूपमा स्वीकार्य र व्यावहारिक रूपमा कार्यान्वयन गर्न सकिने होस् ।’’ भट्टराईले यस्तो भनिरहँदा  प्रधानन्यायाधीश राणाले उनलाई प्रश्न गरेका थिए । ‘‘फ्लोरमा वातावरण हुनुपर्ने हो नि, होइन । अहिले जुन वातावरण छ, त्यो सम्भावना छ ?’’ उनको प्रश्न थियो ।

सर्वोच्च अदालतको संवैधानिक इजलासमा भट्टराईपछि नायब महान्यायाधिवक्ता टेकबहादुर घिमिरेले बहस गरिरहेका छन् । उनले अहिले संविधान बिरामी परेको बताए । प्रतिनिधिसभा विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई रहेको उनको जिकिर छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org