ताजा समाचार

जिल्ला प्रशासन कार्यालय रुकुम –पूर्वमा सेवाग्राही पुस्तकालय निर्माण

रुकुम-पुर्व । जिल्ला प्रशासन कार्यालय रुकुम –पूर्व) मा सेवाग्राही पुस्तकालय निर्माण गरिएको छ ।                     प्रशासन कार्यालयले सेवाग्राहीको सहजताका साथै उनिहरुले कुर्दाको समयलाई सदुपयोग गरी बौद्धिकता बढाउन भन्ने उदेश्यले कार्यालय परिसरमै पुस्तकालय निर्माण गरेको हो ।

कार्यालयबाट प्रवाह हुने विभिन्न सेवा लिने क्रममा प्रशासनसम्म पुगेका सेवाग्राहीले प्रक्रिया पुरा हुन्जेलसम्म कुर्ने त्यो खाली समयमा विभिन्न प्रकारका कितावहरु बढेर समय बिताउ र ज्ञान अभिवृद्धी गरोन भन्ने उदेश्यका साथ कार्यालय परिसरमै ससेवाग्राही पुस्तकालयको स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी राजकुमार राईले बताउनुभयो ।

पछिल्लो समय मानिसहरु बढी सामाजिक संजाल फेसबुकतीर भुल्ने प्रवृती बढेको बताउदै उहाँले कामको सिलशिलामा प्रशासनसम्म पुगेको बखत पुस्तकालयमा राखेको किताबको दुईचार पाना पढेपनि धेरै ज्ञान हासील गर्न सकिने बताउनुभएको छ । अहिले पुस्तकालयमा सिमित मात्रामा किताब भएपनि सेवाग्राहीको मागअनुसार किताबहरु बढाउदै जाने प्रजिअ राइले बताउनुभएको छ ।

पुस्तक पढ्ने बानीले मानिसको जिवन त परिवर्तन गर्छ नै, यसले समाज रुपान्तरणमा ठुलो मदत गर्छ । त्यसैले यो पुस्तकालयलाई दिगो रुपमा टिकाउनको लागि यहाँकै नागरिकको महत्वपूर्ण भूमीका रहन्छ, उहाँले भन्नुभएको छ । रुक्मीणी पुस्तकालयका अध्यक्ष नन्दलाल शर्माले पनि पुस्तक पाढ्ने बानी र त्यसबाट आर्जन गरेको ज्ञानले मानीसलाई जस्तोसुकै परीस्थितीको सामना गर्न सक्षम बनाउने बताउनुभएको छ ।

पुथाउत्तरगंगा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रविन्द्र बुढाक्षेत्रीले यस पुस्तकालयबाट सेवाग्राहीको समयको सदुपयोग हुने र उनिहरुले नयाँ कुरा सिक्ने अवसर हुने बताउनुभएको छ । यस्तै उहाँले यस पुस्तकालयलाई विस्तार गर्नको लागि गाउँपालिकाले सक्दो सहयोग गर्नेृ प्रतिबद्धता पनि जनाउनुभएको छ । कार्यक्रममा बोल्ने वक्ताहरुले पुस्तक बढ्ने बानीलेनै मानीसलाई उर्जासिल बनाउनुको साथै सत्मार्गमा हिड्ने बाटो देखाउने बताएका छन् ।

कार्यक्रममै अवसर पारी पुस्तकालयलाई ३ हजार बराबरका पुस्तक उपलब्ध गराउने उपसचिव विरेन्द्र कंडेलले घोषणा गर्नुभएको छ । यस्तै रुकुम –पूर्व) अस्पतालका सुचना अधिकारी डिल्ली केसीले एक हजार २० र नन्दलाल शर्माले ५ सय १ रुपैया सहयाग गर्ने घोषणा गर्नुभएको छ । पुस्तकालय उद्धघाटन कार्यक्रमको सञ्चालन सहायक प्रमुख जिल्ला अधिकारी अन्जु पोखरेलले गर्नुभएको थियो ।।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org