ताजा समाचार

प्रधानमन्त्री ओली आज ११ बजे निर्वाचन आयोग जादैँ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज निर्वाचन आयोग जाने भएका छन् । बिहान ११ बजे ओली आयोग जाने तयारीमा रहेको सचिवालय स्रोतले जानकारी दियो ।

प्रतिनिधि सभा विघटनपछि नेकपा प्रचण्ड-माधव नेपाल पक्षले बहुमत केन्द्रीय सदस्यको आधारमा पार्टीको आधिकारिकता दिन निर्वाचन आयोगमा माग गरेका छन् । नेकपाका दुवै खेमाका नेताहरुले आफूहरु मूल पार्टी रहेको दाबी गर्दै आएका छन् । तर, आयोगले दुवै पक्षको दाबी नपुगेको जनाउँदै आएको छ

यसअघि निर्वाचन आयोगले दुबै पक्षलाई बोलाएकोमा प्रचण्ड-माधव पक्षले आधिकारिकताको दावी गर्दै १९ पृष्ठ लामो प्रतिवेदन पेश गरे पनि प्रधानमन्त्री केपी शर्मा ओली भने गएका थिएनन् । निर्वाचनको तयारी नेकपाभित्रको विवादलगायत विषयमा छलफल गर्न ओली आयोग जान लागेका हुन्

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org