ताजा समाचार

ओली समूह निर्वाचन आयोगमा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूह निर्वाचन आयोग पुगेको छ ।

मंगलबार बिहान ओली समूहका नेताहरु कान्तिपथस्थित आयोग कार्यालय पुगेका हुन् ।

महासचिव विष्णुप्रसाद पौडेल, स्थायी कमिटी सदस्य सुवास नेम्वाङलगायतका नेताहरु आयोगमा पुगिसकेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली पनि आयोग जाँदै छन् । चुनावको तयारी र पार्टीको विवादबारे परामर्श गर्न प्रधानमन्त्री आयोग जान लागेका बताइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org