ताजा समाचार

प्रचण्ड–माधव पक्षले बोलायो सचिवालय बैठक

काठमाडौं । नेकपा प्रचण्ड माधव पक्षले सचिवालय बैठक बोलाएको छ ।

बैठक नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा केहीबेरमा बस्ने नेताहरुले बताएका छन् । बैठकमा आन्दोलनको समीक्षाका साथै र भोलि प्रतिगमनका विरुद्ध आयोजना गरिएको बृहत विरोध सभाबारे छलफल हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले जनाकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि नेकपा प्रचण्ड माधव पक्षले त्यसलाई प्रतिगमन भन्दै संघर्ष गरिरहेको छ ।

भोलीको विरोध सभामा नेकपाले २ लाख मानिस उतार्ने र अहिलेसम्मकै विशाल जनसभा भनेको छ ।  नेकपा विभाजित बनेसँगै तत्कालीन सचिवालयका ९ सदस्यमध्ये दुवै पक्षमा चाररचार जना छन् भने वामदेव गौतमले कित्ता छुट्टयाएका छैनन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org