ताजा समाचार

प्रचण्ड-नेपालको विदेशी मिडियासँग अन्तरक्रियाः संसद पुनर्स्थापना नै उत्तम निकास

काठमाडौ। प्रचण्ड-माधव समूहको नेकपाका प्रमुख नेताहरुले नेपालस्थित विदेशी मिडियाका पत्रकारहरुसँग भेटघाट तथा अन्तरक्रिया गरेका छन् ।

मंगलबार राजधानीस्थित याक एण्ड यति होटलमा पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल सहित प्रमुख नेताहरुले पत्रकारहरुसँग भेट गरेका हुन् । यसअघि सम्पादक, सञ्चार उद्यमी लगायतसँग भेट गरेका नेकपाका नेताहरुले मंगलबार विदेशी मिडियाका पत्रकारहरुसँग भेटघाट गरेका हुन् ।

प्रचण्ड माधव समूहले बुधबारका लागि राजधानीमा विशाल आमसभाको तयारी समेत गरिरहेको छ । आमसभाको अघिल्लो बिहान अर्थात्, मंगलबार बिहान ९ बजे उक्त समूहले पत्रकारहरुसँग भेट गरेको हो ।

‘यसअघि हामीले सम्पादक, सञ्चार उद्यमीलगायत मिडियाकर्मीहरुसँग अन्तरक्रिया गरिसकेका छौँ । सोही अन्तरक्रियाको श्रृंखलाको रुपमा मंगलबारको भेटघाट भएको हो,’ नेकपाका नेता विष्णु रिजालले  भने । नेता रिजालका अनुसार नेकपाले पछिल्लो अवस्थाबारे पत्रकारहरुसँग आफ्ना धारणा राखेको हो ।

प्रचण्ड निकट स्रोतका अनुसार अन्तरक्रियाको क्रममा प्रमुख नेताहरुले संसद पुनर्स्थापना नै उत्तम निकास भएकोमा जोड दिएका थिए ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org