ताजा समाचार

नेपाललाई भ्रष्टाचारमुक्त देशको रूपमा परिचित गराउने प्रधानमन्त्री ओलीको उद्घोष

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारमुक्त देशको रूपमा नेपाललाई विश्वमा परिचित गराउने बताएका छन्।

त्यसका लागि धाकधम्कीमा नरही निर्भयका साथ प्रभावकारी र सक्षम ढङ्‍गले काम गर्न प्रधानमन्त्री ओलीले आयोगका प्रमुख आयुक्त र आयुक्तहरूलाई आग्रह गरे।

आयोगको ३०औं स्थापना दिवसको अवसरमा बोल्दै उनले संविधान, कानुन, देश र जनतालाई शिरमा राखेर स्वतन्त्र ढंगले भ्रष्टाचार नियन्त्रण गर्दै पारदर्शी सरकार बनाउनेतर्फ केन्द्रित हुन पनि आग्रह गरेका छन्।

“यसो गर्नुहोस्, उसो गर्नुहोस् भन्‍ने  होइन, स्वतन्त्र ढंगले आयोगले काम गर्नुपर्छ, कतिपय मानिसहरूमा भ्रम छ, आयोग सरकारको लाचार छायाँ होइन र यो सरकार कुनै पनि नियकालाई स्वतन्त्र ढंगले  काम गर्न दिन्छ,” प्रधानमन्त्री ओलीले भने।

उनले आयोगलाई सरकारले हस्तक्षेप नगर्ने पनि बताए। अपवादमा मात्रै केही कर्मचारी भ्रष्टाचारमा संलग्‍न भएको हुनसक्ने प्रधानमन्त्रीको भनाइ छ।

अब सार्वजनिक निकायको काम अनलाइनबाटै हुने र नागरिक एपबाटै काम हुन थालेपछि भ्रष्टाचार न्यूनीकरणमा मद्दत पुग्‍ने बताए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org