ताजा समाचार

रामकुमारी झाँक्रीलाई पक्राउ गर्न घरमै पुग्यो प्रहरी

काठमाडौं । नेकपा नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्न प्रहरी टोली उनको घरमा पुगेको छ ।

महानगरीय अपराध महाशाखाको टोली बिहीबार शंखमूलस्थित उनको घर पुगेको हो ।

केही दिनअघि गोरखामा आयोजित एक कार्यक्रममा झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीको आलोचना गरेकी थिइन् । त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीले झाँक्रीलाई पक्राउ गर्न प्रहरीलाई दबाब दिएको स्रोत बताउँछ ।

झाँक्रीलाई महानगरीय अपराध महाशाखाले बोलाएको भए पनि उनी आउन नमानेको स्रोतको दाबी छ । पक्राउपछि मुद्दा चलाउने वा नचलाउने भन्ने कुनै टुंगो नभएको प्रहरीले जनाएको छ । उनलाई महाशाखा बोलाइएको एसएसपी दीपक थापाले पुष्टि गरे ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org