ताजा समाचार

प्रतिबन्धित नेकपासहित चार कम्युनिस्ट पार्टीबीच संयुक्त मोर्चा घोषणा हुँदै

काठमाडाैँ । नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीसहित चार राजनीतिक दलले वर्तमान सत्ता र सरकारविरुद्ध आज रणनैतिक संयुक्त मोर्चाको औपचारिक घोषणा हुँदैछ ।

नेपाल कम्युनिस्ट पार्टीसँगै मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी(क्रान्तिकारी माओवादी), ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र विश्वभक्त दुलाल(आहुति) नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीबीच संयुक्त मोर्चा घोषणा हुन लागेको हो ।

राजधानीको कमलादीस्थित प्रज्ञाप्रतिष्ठानको भवनमा दिउसो साढे १२ बजे सुरु हुने कार्यक्रममा चारवटै पार्टीका प्रमुख तथा प्रतिनिधिहरूले सम्बोधन गर्ने बताइएको छ ।

कार्यक्रममा रणनीतिक मोर्चाको केन्द्रीय समिति, आगामी कार्यक्रम र योजनाहरू तथा विशेष सम्बोधन हुनेछ। यसअघि १४ पुसमा चारै दलले ‘केपी ओली सरकारको निरंकुशता, फासीवाद र दलाल तथा प्रतिक्रियावादी राज्यसत्ताका विरुद्ध अग्रगामी राजनीतिक निकासको ऐतिहासिक पहलकदमीका निम्ति हामी चार पार्टीको बीचमा रणनैतिक संयुक्त मोर्चा निर्माण गर्ने सहमति भएको’ विज्ञप्ति सार्वजनिक गरेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org