ताजा समाचार

नेकपा नेतृ रामकुमारी झाँक्री रिहा

काठमाडौं । नेकपा प्रचण्ड-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्री रिहा भएकी छिन् । उनलाई महानगरीय अपराध महाशाखाले बिहीबार रिहा गरेको हो ।

बिहान उनलाई शंखमूलस्थित निवासबाट राज्यविरुद्धको कसुरअन्तर्गत पक्राउ गरेको थियो । उनले गत माघ १७ गते गोरखाको विरोधसभामा राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकामाथि टिप्पणी गरेकी थिइन् । सोही कार्यक्रमको भिडियोलाई प्रमाण बनाएर प्रहरीले पक्राउ गरेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org