ताजा समाचार

प्रचण्ड–माधव पक्षद्वारा जनयुद्ध दिवस मनाउन सर्कुलर

काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव पक्षले फागुन १ गते जनयुद्ध दिवस भव्यताका साथ मनाउने निर्णय गरेको छ ।

केन्द्रीय कार्यालयका सचिव गंगालाल तुलाधरले एक सर्कुलर जारी गर्दै पार्टीका जिल्ला कमिटीहरुलाई ‘शहीद स्मृति तथा सम्मान कार्यक्रम’ को ब्यानरमा जनयुद्ध दिवसको कार्यक्रम भव्यतापूर्वक गर्न अनुरोध गरेका छन् ।

फागुन १ गते तत्कालिन नेकपा माओवादीले नेपालमा जनयुद्ध शुरुवात गरेका थिए । हरेक वर्ष यो दिनलाई जनयुद्ध दिवसको रुपमा मनाइन्छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org