ताजा समाचार

प्रतिगमनविरुद्ध काठमाडौंमा प्रतीकात्मक शवसहित मार्चपास

काठमाडाैँ ।   प्रधानमन्त्री  केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि आन्दोलन गरिरहेको बृहत् नागरिक आन्दोलनको नेतृत्वमा शुक्रबार महिला मार्चपास गरिएको छ ।

प्रधानमन्त्री ओलीले संसद विघटन गरेर प्रतिगमन गरेको भन्दै‌ वसन्तपुर दरबार स्क्वाएरबाट सिंहदरबार मूलगेटसम्म मार्चपास गरिएको हो ।

प्रतीकात्मक शव र मलामीसहित प्रधानमन्त्री ओलीको संसद विघटन, महिलामाथि बारम्बार भइरहेका हिंसा, बलात्कारका घटनाको विरोधमा वसन्तपुर–न्यूरोड–रत्नपार्क–भद्रकाली हुँदै सिंहदरबार मूल गेटसम्म मार्चपास निकालिएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org