ताजा समाचार

बुटवलमा ओली समूहको शक्ति प्रदर्शन [फोटो फिचर]

२८ माघमा प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंको सभा ‘कास्टिङ’ भएको र आफ्नो समूहको सभा हेर्न बुटवलमा आउन उद्घोषण गरेसँगै यो सभालाई महत्त्वका साथ हेरिएको छ । २९ माघमा नेकपाका नेतासमेत रहेका मुख्यमन्त्री शंकर पोखरेलले समेत बुटवलको सभा इतिहासकै ठूलो हुने भएको बताएका थिए । सभामा प्रमुख वक्ताका रूपमा प्रधानमन्त्री ओली छन् ।

ओलीले सभालाई सम्बोधन गर्ने भएकाले बुटवलमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । नेपाल आर्मी, सशस्त्र प्रहरी, नेपाल प्रहरीका सुरक्षाकर्मी सभास्थलभित्र र बाहिर व्यापक परिचालन गरिएको छ । प्रधानमन्त्री ओलीको सुरक्षालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org