ताजा समाचार

परिवर्तन विरोधी ओलीलाई नेतृत्व स्विकार्नु पर्ने बाध्यताका कारण पार्टी फुटको अवस्था पुग्योः नेता पुन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्वमन्त्री गणेशमान पुन `रश्मी´ले  परिवर्तन विरोधी  केपी शर्मा  ओलीलाई नेतृत्व स्विकार्नु पर्ने बाध्यताका कारण पार्टी फुटको अवस्थामा पुगेको बताएका छन ।

नेकपा बाग्लुङले जनयुद्ध दिवसको अवसरमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता पुनले प्रधानमन्त्री केपी शर्मा ओली महिला, दलित, जनजाति, गरिब, मधेसी तथा अन्य पिछडा वर्गको अधिकार तथा प्रतिनिधित्व समेत स्विकार गर्न नसक्ने गैर कम्युनिष्ट नेताको भएको आरोप लगाएका हुन् ।

नेता पुनले २०५२ फागुन १ गते जनयुद्धको सुरुवात गर्दा आफ्नै नेतृत्वमा  रुकुमको आठविसकोटमा आक्रमण गरेको स्मरण गर्दै उक्त कदम ऐतिहासिक पहलकदमीको रुपमा लिइएको जनाए । यस्तै, तत्कालीन माओवादीले राजनीतिक, सामाजिक तथा सांस्कृतिक परिवर्तनका निम्ति युद्धको सुरुवात गरेको जनाएका हुन् ।

यस्तै, उनले जनयुद्धले उठाएको विषय मुद्दाले भनेजस्तै नभएपनि संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था ल्याउन सफल भएको जनाएका छन् । भने, दलाल तानाशाही शासन सत्ताको अन्त्य गरेपनि परिवर्तनलाई जनता समक्ष पुर्‍याउन नसकिएको स्विकार गरेका छन् ।

राजनीतिक रुपले मात्र परिवर्तन भएर नहुने भन्दै उनले आर्थिक सामाजिक तथा सांस्कृतिक रुपले समेत परिवर्तन हुन पर्ने उनको जिकिर थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org