ताजा समाचार

जनयुद्धको उद्गमन भुमि रुकुममा विभिन्न कार्यक्रम गर्दै मनाइयो जनयुद्ध दिवस

शहिदको सपनालाई कुल्चेर संविधानको अपहरण गर्न खोजियो: नेता ओली

रुकुम पूर्व ।  रुकुम –पूर्वमा आज विभिन्न कार्यक्रमको गरि जनयुद्ध दिवस मनाइएको छ ।                                 जिल्लाको विभिन्न ठाउँमा फरकफरक कार्यक्रमको आयोजना गरि २६ औ जनयुद्ध दिवस मनाइएको हो ।

जनयुद्ध दिवसको अवसर पारी सिस्ने गाउँपालिका वडा नम्बर ६ मा आयोजना गरिएको वडास्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता उद्धघाटन गर्दै नेपाल कम्यूनिष्ट पार्टी(नेकपा) का केन्द्रिय सदस्य एवम् लुम्बिनी प्रदेशसभाका सदस्य तेजबहादुर ओलीले देशमा भएको आमुल परिवर्तन जनयुद्धकै उपज भएको बताउनुभएको छ । सम्पूर्ण नागरिकको हक अधिकारलाई संस्थागत गर्न जनयुद्धले बलियो जगको रुपमा काम गरेको नेता ओलीले बताउनुभयो ।

२०५२ साल फागुन १ गते तत्कालीन नेकपा माओवादीले सशस्त्र विद्रोहको सुरुवात गर्दा प्रतीक्रियावादीले जनयुद्धलाई गुलेली खेलको संज्ञा दिएको स्मरण गर्दै त्यहि जनयुद्धले एकपछि अर्को सफलता हासील गर्दै गएको बताउनुभयो । अहिलेको सरकारले देशमा आएको आमुल परिवर्तनको उजागर गर्ने सहिदको सपनालाई कुल्चेर संविधानालई अपहरन गर्न खोजेको बताउनुभयो ।

विधि र विधानलाई कुल्चेर गर्ने हरेक निर्यायको विरुद्धमा आवाज उठाउन सम्पूर्ण नागरिकलाई उहाँले आग्रहसमेत गर्नुभएको छ । यस्तै कार्यक्रमलाई संवोधन गर्दै जिल्ला समन्वय समितिका प्रमुख गजेन्द्रबहादुर ओलीले देश अहिले असामान्य परिस्थितीतर्फ गइरहेको अवस्थामा सबै एकढिक्का हुनपर्ने बताउनुभयो । हजारौ त्याग तपस्था र बलिदानबाट प्राप्त गरेको यो परिवर्तनलाई दबाउन खोजेको भन्दै त्यसको विरुद्धमा सबै एक हुनुपर्ने उहाँको भनाई छ ।

यस्तै सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बरालले जनयुद्धबाट जन्मिएको गणतन्त्रले नागरिकका हक अधिकार सुनिश्चित गरेको बताउनुभएको छ । राजतन्त्रको अन्त्य गरेको जनयुद्धले देशमा आमुल परिवर्तन ल्याएको बताउदै अध्यक्ष बरालले यहि परिवर्तनलाई अहिलेको सरकारले देखिनसहेको र त्यसको बिरुद्धमा अनेक चाल चालिरहेको बताउुनभयो । सरकारको असंवैधानीक कदमको विरुद्धमा एक हुन सबैलाई अधयक्ष बरालले आग्रहसमेत गर्नुभएको छ ।

जनयुद्ध दिवसको अवसरमा आयोजना गरिएको वडास्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता सिस्ने गाउँपालिका ६ नम्बर वडाध्यक्ष सुधन रेग्मिीको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा नेकपा केन्द्रिय सदस्य एवम् लुम्बिनी प्रदेशसभा सदस्य तेजबहादुर ओलीको प्रमुख, जिल्ला समन्वय समिति प्रमुख गजेन्द्रबहादुर ओली र सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बरालको विशेष आतीथ्यता रहेको थियो ।

यसैगरी कार्यक्रममा नेकपा लुमिबनी प्रदेश कमिटी सदस्य भिउमान घर्ती, कृष्ण रेग्मि, नेकपा सिस्ने गाउँपालिका इन्चार्ज वासुदेव गौतम, सिस्ने गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष सुधन रेग्मि, २ नम्बर वडाध्यक्ष जिवन केसीलगाएत जिल्लास्थित नेकपाका नेता कार्यकर्ता, संघसंस्थाका प्रमुख एवम् प्रतिनीधि, जेष्ठ नागरिक, जागरिक समाज, सुरक्षा निकायका प्रमुख एवम् प्रतिनीधि, पत्रकारलगाएतको उपस्थिती रहेको थियो ।।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org