ताजा समाचार

बालुवाटार जग्गा प्रकरणमा माधव नेपालको पेसी तोकियो

काठमाडौं । बालुवाटार जग्गा प्रकरणमा नेपाल कम्युनिस्ट पार्टी नेकपाको अध्यक्ष तथा पूर्व-प्रधानमन्त्री माधवकुमार नेपालविरुद्धको मुद्‍दाको पेसी तोकिएको छ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र हरि फुयाँलको इजलासमा पेसी तोकिएको हो।

बालुवाटार जग्गा प्रकरणमा नेता नेपाललाई मुद्दा नचलाएको भन्दै अधिवक्ता बालकृष्ण न्यौपानेले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र महान्यायाधिवक्ताको कार्यालयलाई समेत विपक्षी बनाएर रिट दायर गरेका थिए।

बालुवाटार जग्गा प्रकरणमा नेपालको संलग्नता रहेको भएको आरोप लगाइरहेका छन्। तर, नेता नेपालले बालुवाटार जग्गा प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै आइरहेका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org