ताजा समाचार

केपी ओली प्रवृतीलाई परास्त गर्न एक हौँ: नेता पुुन

रुकुम-पूर्व । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य एवम् पूर्व आपूर्ती मन्त्रि गनेशमाण पुनले केपी प्रवृतीलाई परास्त गर्नुपर्ने बताउनुभएको छ ।                                             उहाँले देशमा हाबि भएको केपी प्रवृतीले आम नागरिक र देशलाई नै उधोगतीतिर धकेलीरहेको बताउदै अब सबै कम्यूनिष्ट विचार धारा भएकाहरु एकजुट भएर केपी प्रवृतीलाई परास्त गर्नुपर्ने बताउनुभएको हो ।

नेपाल कम्यूनिष्ट पार्टी नेकपा रुकुम (पूर्व) को बृहत कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई संबोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । ‘केपी प्रवृती क्रान्तिको लागि उल्टो प्रवृती हो’, पूनले भन्नुभयो,‘यस्तो खालको गुटबन्दि प्रवृतीले कम्यूनिष्टको सपना र विचारलाई हराइदिन्छ ।’ देशले संघियता, समाजवाद उन्मुख व्यवस्था खोजेको बेलामा केपीले कार्यदिशा नै बदलेर गरिरहेको मनपरीलाई रोक्न सबैले आवाज उठाउनुपर्ने उहाँको भनाई छ । अहिले कार्यदिशा एकातीर र केपी प्रवृती अर्कोतीर ढल्किरहेको नेता पुनले बताउनुभयो ।

सच्चा कम्यूनिष्ट नहुँदा र पार्टीको मुल्य, मान्यता र विचारलाई भुल्दा केपी प्रवृती जन्मिने नेकपाका नेता पुनले बताउनुभयो । केपी प्रवृती भनेको कम्यूनिष्ट भित्र छिरेको तानासाही र सामन्ती प्रवृती हो, उहाँले भन्नुभएको छ । पहिले राज्य व्यवस्था परिवर्तनकै लागि क्रान्ति गरेका कम्यूनिष्ट विचारधाराका केहि नेताहरु केपी गुटमा गएको र उनिहरु अहिले कहाँ आएछु भनेर आफै झस्किरहेको पनि उहाँले बताउनुभयो ।

अहिले एकपछि अर्को असंवैधानीक कदमहरु चालिरहेका प्रधानमनत्री केपी शर्मा ओलीलाई गाली गरेर मात्र नहुने बताउदै उहाँले पहिले आफु कुन विचारधारालाई समात्ने भन्ने कुरामा प्रष्ट हुने र त्यहि विचारधारा लिएर गाउँगाउँमा गएर सबैलाई प्रष्ट पार्नुका साथै एक जुट भएर प्रतिगमणको विरुद्धमा उठ्नुपर्ने नेता पुनले बताउनुभयको छ ।।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org