ताजा समाचार

ओली सरकार गठन भएको आज ३ वर्ष पूरा, सिंहदरबारबाट प्रधानमन्त्रीले सम्बोधन गर्दै

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा वर्तमान सरकार गठन भएको आज (फागुन ३ गते) तीन वर्ष पूरा भएको छ।

प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भएपछि २०७४ फागुन ३ गते प्रधानमन्त्री ओलीको नेतृत्वमा यो सरकार गठन भएको हो।

यस अवसरमा प्रधानमन्त्री ओलीले पुनःनिर्मित सिंहदरबार परिसरमा आज एक विशेष समारोहका बीच
सरकारले गरेका उपलब्धि सार्वजनिक गर्ने भएका हुन्।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयको रेट्रोफिटिङ सकिएसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुरानै भवनमा सर्ने भएको छ।

वि सं. २०७२ को भूकम्पले क्षति पुर्‍याएको भवन पुनर्निर्माण गरिएको हो। प्रधानमन्त्री ओलीले आज कार्यालयको उद्घाटन गर्दै छन्।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्रीले आज बिहान ११ बजे सिहदरबारका तीन मोहडा (उत्तर,पूर्व र दक्षिण) को उद्घाटन गर्ने कार्यक्रम छ।

सल्लाहकार थापाका अनुसार वर्तमान सरकार गठन भएको आजै तीन वर्ष पुगेको अवसरमा त्यहींबाट ‘तीन वर्षका प्रमुख उपलब्धि’बारे प्रेस ब्रिफिङसमेत गर्ने कार्यक्रम छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org