ताजा समाचार

प्रतिगमनको आरोप लगाउँदा उदेक लाग्छ,बहस हो कि लाञ्छनामात्रै हो ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रतिगमनको आरोप लगाउँदा उदेक लाग्ने गरेको बताएका छन् ।

उनले सिंहदरबारमा सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

“प्रतिगमनको आरोप लगाउँदा मलाई उदेक लाग्छ । वास्तवमा बहस हो कि लाञ्छनामात्रै हो । के हो प्रतिगमन भनेको ? निर्वाचन प्रतिगमन हो ? निर्वाचन हुँदा बहुदलीय प्रतिष्पर्धात्मक राजनीतिक प्रणाली समाप्त हुन्छ ? हामीले रोजेको प्रणाली होइन ?,” उनले भने, “जनताका बीचमा जाँदा प्रतिमगन हुने भए दुईवर्षमा हुने चुनाव पनि प्रतिगमन हो ? निर्वाचनलाई प्रतिगमन भन्नुभएको हो ? कि केलाई प्रतिगमन भन्नुभएको हो ? प्रणालीले कोरेका सीमाभन्दा बाहिर गएका छौँ ?”

उनले प्रतिगमनको आरोप लगाउनेले राजनीति गर्न नजानेको टिप्पणी पनि गरे ।

“कुनै हालतमा चुनाव गराउँदैन भनेर उहाँहरु राजनीति गर्नहुुन्छ कि ज्योतिषशास्त्र पढ्नुहुन्छ ?,” उनले भने, “कस्तो शास्त्र हो उहाँहरुको चुनाव हुँदैन भन्ने ? हामी उल्टो बाटोतर्फ फर्किएका छैनौँ ।”

सरकार बनाउन र ढाल्न के के गरिए भन्नेतर्फ अहिले नजाने बताउँदै अस्वस्थ बाटो अवलम्बन नगरेको बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org