ताजा समाचार

भ्रष्टाचार गर्ने जतिसुकै उच्च ओहोदावाला भएपनि छोडिन्नँ : प्रधानमन्त्री ओली

‘दुराचार र दुराचारी, भ्रष्ट र भ्रष्टाचारीका सन्दर्भमा मुखमा पानी हालेर बोल्ने मेरो वाणी छैन

काठमाडाैँ प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार गर्ने जतिसुकै उच्च ओहोदाको भएपनि कारबाही गरेरै छाडिने बताएका छन् ।

सरकार गठन भएको तीन वर्ष पुगेको अवसरमा सोमबार सिंहदरबारबाट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचार गर्ने जतिसुकै उच्च ओहोदावाला वा कथित पहुँचवाला भएपनि कारबाही गरेरै छाड्ने बताएका हुन् ।

‘दुराचार र दुराचारी, भ्रष्ट र भ्रष्टाचारीका सन्दर्भमा मुखमा पानी हालेर बोल्ने मेरो वाणी छैन,’ उनले भने, ‘जो जतिसुकै उच्च ओहोदावाला होस् वा कथित पहुँचवाला तिनीहरूको मुख हेरेर सजाय तोकिन्न । कारबाही गर्ने/नगर्ने फैसला लिइन्नँ । ’

भ्रष्टाचार र राजस्व चुहावटलाई नियन्त्रणमा राख्न सरकार तीन वर्षमा सफल भएको पनि प्रधानमन्त्री ओलीको दाबी छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org