ताजा समाचार

देउवाको चुनावप्रतिको आशक्तिप्रति बाबुरामको कटाक्षः किन नबुझेको ?, कि सेटिङ नै हो ?

काठमाडौं ।  जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले चुनावप्रति कांग्रेस सभापति शेरवहादुर देउवाको आशक्तिप्रति कटाक्ष गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमामा डाक्टर भट्टराईले संसद पुनःस्थापनापछि चुनावमा जाँदा कांग्रेसलाई दुवै हातमा लड्डु हुन्छ भन्दै किन नबुझेको भनी प्रश्न गरेका छन्।

डाक्टर भट्टराईले लेखेका छन्,  ‘चिसो भनेकै कोकाकोला भनेझैं केही कांग्रेसी नेताका निम्ति लोकतन्त्र भनेकै चुनाव हुनु दुःखद छ।  चुनावमा त ढिलोछिटो जानैपर्छ। तर ओलीको असंवैधानिक कदम नसच्चिई चुनावमा जाँदा (भैहालेमा) संविधान धरापमा पर्छ। संसद पुनर्स्थापनापछि चुनावमा जाँदा दुवै हातमा लड्डु हुन्छ। किन नबुझेको? कि सेटिङ नै हो?’

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधसभा विघटन गरेर आगामी वैशाख १७ र २७ गते निर्वाचनको मिति घोषणा गरेपछि सभापति देउवा यसबारे मौन रहँदै आएका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org