ताजा समाचार

संवैधानिक इजलास: चार प्रश्नमा बहस गर्दैछन् वरिष्ठ अधिवक्ता खरेल

काठमाडौं । सर्वाेच्च अदालतकाे संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामाथिकाे सुनुवाइमा एमिकस क्युरीले राय दिने क्रम जारी छ ।

अस्ति साेमबार पक्ष र विपक्षको बहस तथा निवेदकतर्फको जवाफ सकिएसँगै हिजाेदेखि संवैधानिक इजलासले एमिकस क्युरीबाट वरिष्ठ अधिवक्ताकाे राय लिन थालेकाे हाे ।

हिजाे वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले इजलाससामु आफ्ना राय प्रस्तुत गरेका थिए । आज वरिष्ठ अधिवक्ता सतीशकृष्ण खरेलले इजलासलाई याे मुद्दामा आफ्ना सुझाव दिइरहेका छन् ।

बहसको सुरुमा उनले आफू चार प्रश्नमा केन्द्रित हुने इजलासलाई जानकारी दिएका छन् ।

उनका चार प्रश्न यस्ता छन्–

पहिलो प्रश्न : वर्तमान संविधानको कुनै प्रावधानले प्रष्ट रुपमा निर्विवाद बहुमत प्रमाणित गरेको प्रधानमत्रीलाई संसद विघटनको अधिकार प्रदान गरेको छ कि छैन ?

दोस्रो प्रश्न : संसदीय लोकतन्त्रमा प्रधानमन्त्रीको संसद विघटन गर्ने अधिकारका सम्बन्धमा सार्वभौमिक अभ्यास र मूल्यमान्यता छ कि छैन ? स्पष्ट संवैधानिक प्रावधानको अभावमा कथित अभ्यास र मूल्य मान्यता संसद विघटनको आधार हुन सक्छ कि सक्दैन ? संसदीय अभ्यासमा संसद विघटनको अधिकार स्वतः कार्यकारी प्रधानमन्त्रीको अधिकारभित्र रहेको हुन्छ कि सम्बन्धित मुलुकको संविधानअनुसार हुन्छ ?

तेस्रो प्रश्न : संसद विघटनको विषय संवैधानिक विषय नभई विशुद्ध राजनीतिक विषय हो कि होइन ? संवैधानिक र राजनीतिक विषय छुट्याउने आधार के हुन्छ ? संसद विघटनको विषय न्यायिक पुनरावलोकन हुनसक्छ कि सक्दैन ?

चौथो प्रश्न : एउटा नागरिक र कानून व्यवसायीको हैसियतले अदालतबाट के निर्णयको अपेक्षा गर्छु ?

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org