ताजा समाचार

भागरथी हत्या प्रकरण : आरोपीलाई म्याद थप गर्न अदालत लैजाँदै

काठमाडाैँ । बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ बर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ परेका अभियुक्त दिनेश भट्टलाई म्याद थपको लागि अदालत लैजाने तयारी भएको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीले जिल्ला अदालत बैतडीबाट म्याद थप गरेर हिरासतमा राखेर अनुसन्धान गर्न लागेको प्रहरीले जनाएको छ ।

भट्टविरुद्ध करणी र ज्यान सम्बन्धी कसुर मुद्धामा म्याद थप हुने प्रहरीले जनाएको छ । ११ बजे पत्रकार गरेर अभियुक्त सार्वजनिक गर्ने भनिएता पनि म्याद थपपछि दिउँसो २ बजे सार्वजनिक गरे जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org