ताजा समाचार

मुद्दाको एउटा पक्षले भनेको कुरालाई अवहेलनाको विषय बनाउन मिल्दैन: प्रधानमन्त्री ओली(पुर्णपाठ)

लोकप्रियताका लागि प्रधानमन्त्रीलाई मुद्दा हाल्ने प्रचलन नियन्त्रण गर्नुपर्छ : प्रधानमन्त्री ओली

काठमाडाैँ । कुनै मुद्दाको एउटा पक्षले मुद्दाको सम्बन्धमा व्यक्त गरेको कुरालाई अदालतको अवहेलनाको विषय बनाउन नमिल्ने जिकिरसहित प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतमा लिखित जवाफ पेश गरेका छन् ।

साथै उनले आफूले जहिले पनि आदरार्थी भाषाको प्रयोग गरेको भन्दै आफूबाट अदालतको अवहेलना भएको भन्ने दाबी नै अनुचित र खारेजभागी रहेको जिकिर पनि आफ्नो लिखित जवाफमा गरेका छन् ।

‘बाजे वकिललाई इजलासमा लगेर तमासा गरेको’ भन्ने अभिव्यक्तिविरुद्ध परेको रिटमा प्रधानमन्त्री ओलीले बिहीवार सर्वोच्च अदालत पुगेर लिखित जवाफ पेश गरेका हुन् ।

‘मलाई विपक्षी बनाई दायर भएका मुद्दामा लिखित जवाफ प्रस्तुतकर्ता मैले मुद्दा जित्छु, मैले मुद्दा जित्ने आधार यस्ता छन् भन्न नपाउने हुँदैन । यो स्वाभाविक मानिन्छ । मुद्दामा बहस गर्ने विद्वान कानून व्यवसायीबाट समेत सोही आत्मविश्वासका साथ बहस हुने हो,’ प्रधानमन्त्री ओलीले लिखित जवाफमा भनेका छन्, ‘ मैले खास कानून व्यवसायीको नाम लिएर न कुनै वक्तव्य दिएको छु, न त कुनै कानून व्यवसायीलाई बहस नगर्न वा न्याय सम्पादनमा अवरोध गरेको छु ।’

प्रधानमन्त्री ओली करीब १० मिनेट अदालतमा बसेर फर्किएका थिए ।

वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले दायर गरेको रिटमा माघ १५ गते प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश मनोजकुमार शर्माको इजलासले आफैं उपस्थित भएर जवाफ पेश गर्न प्रधानमन्त्रीलाई आदेश दिएको थियो ।

९४ वर्षीय वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले प्रतिनिधि सभा विघटनविरुद्धको रिटमा गरेको बहसलाई प्रधानमन्त्री ओलीले ‘तमासा’ भनेका थिए ।

हेर्नुहोस्, जवाफको पूर्णपाठ :

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org