ताजा समाचार

सभामुख झगडिया, उपराष्ट्रपति सरकारविरुद्ध भाषण दिँदै हिँड‍्नुभयो : प्रधानमन्त्री ओली

काठमाडाै । प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटा सरकारविरोधी झगडिया भएको बताएका छन् । उपराष्ट्रपति नन्दबहादुर पुन सरकारविरुद्ध भाषण गर्दै हिँडेको उनले बताए ।

‘सभामुख बनाइएको थियो एकजनालाई उहाँ सरकारका विरुद्ध मुद्दा हाल्न जानुभएको छ,’ उनले भने, ‘सरकारविरोधी झगडिया हो सभामुख । सभामुखले झगडिया हुन सुहाउँछ ?’

सभामुख सापकोटाले संवैधानिक निकायमा गरिएका नियुक्ति खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

उनले सभामुखले कीर्ते सनाखत गरेको आरोप लगाए । ‘सभामुखजस्तो पदको मान्छेले कीर्ते सनाखत गर्न सुहाउँछ ?’ उनले भने ।

उनले उपराष्ट्रपतिले सरकारविरुद्ध भाषण गर्दै हिँडेको भन्दै असन्तुष्टि जनाए । ‘उपराष्ट्रपतिजी सरकारका विरुद्ध भाषण गर्दै हिँड्नुभएको छ,’ ओलीले भने ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org