ताजा समाचार

देउवालाई पाैडेलको जवाफः विरोध प्रदर्शन गर्न पैसा चाहिँदैन, संकल्प र पार्टीको निर्णयले पुग्छ

काठमाडाैँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटनको विरोधमा गरिने प्रदर्शन पार्टीको संकल्प र निर्णयले हुने बताएका छन् ।

प्रेस युनियन सुनसरीले आइतबार बिहान गरेको पत्रकार सम्मेलनमा वरिष्ठ नेता पौडेलले जुलुस, सभा र विरोध प्रदर्शन पार्टीको संकल्प र निर्णयले हुने बताएका हुन् ।

केही दिनअघि पोखरामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति शेरबहादुर देउवाले नेकपाको प्रचण्ड–नेपाल समूहको जस्तो प्रदर्शन गर्न कांग्रेससँग पैसा नभएको बताएका थिए । त्यसको जवाफ दिँदै आइतबार पौडेलले भने, ‘पैसाले गर्ने हो र जुलुस, सभा र विरोध प्रदर्शन ? यसका लागि त पार्टीको संकल्प र निर्णयले पुग्छ । पैसाले जुलुस गर्नु पर्दैन । ’

पौडेलले पार्टीले आह्वान गरे कार्यकर्ता स्वतः स्फुर्त सडकमा आउने बताए ।

‘प्रदर्शनका लागि पार्टीले निर्णय गरेर आह्वान गरे कार्यकर्ता र जनता सडकमा स्वतःस्फुर्त आउँछन्,’ उनले भने, ‘संविधान बचाउने लडाइँमा जनता र कार्यकर्ता आफैँ आउँछन् ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org