ताजा समाचार

सर्वोच्चले सरकारको पक्षमा फैसला गर्छ : मन्त्री भट्ट

काठमाडाैँ । उद्योग बाणिज्य तथा आपूर्ती मन्त्री लेखराज भट्टले सर्वोच्च अदालतले गर्ने फैसला सरकारको पक्षमा हुने बताएका छन् ।

आज कैलालीमा ओली पक्षको प्रेस संगठन नेपालले गरेको पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका हुन् ।

सर्वोच्चको फैसला केहि दिन भित्रै आउने बताउँदै मन्त्री भट्टले फैसला सरकारको पक्षमा नै हुने ठोकुवा गरे ।

उनले समय सिमाभित्रै निर्बाचन हुने र निर्वाचनका लागि निर्वाचन आयोग गृह कार्यमा लागि सकेको बताए ।

उनले सरकारलाई काम गर्न नदिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बिघटन गर्नु परेको बताए । आफ्नै पार्टीबाट प्रधानमन्त्रीलाई असहयोग हुन थालेपछि बाध्यात्मक परिस्थितीमा बिघटन गर्नु परेको उनको भनाई छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org