ताजा समाचार

प्रधानमन्त्री ओली आज कञ्चनपुर जाँदै

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओली आज कञ्चनपुर जाने भएका हुन् ।

सुदूरपश्चिम प्रदेशको कञ्चनपुरस्थित दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यासका लागि उनी त्यहाँ जान लागेका हुन् ।

प्रधानमन्त्री ओली जाने भएपछि कञ्चनपुरको सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रधानमन्त्री ओली श्री एयरलाइन्सको विमानमार्फत काठमाडौंबाट धनगढी विमानस्थलमा अवतरण गर्नेछन् ।

त्यसपछि केहीबेर आराम गरेर उनी नेपाली सेनाको हेलिकप्टरबाट कञ्चनपुर जाने कार्यक्रम तय भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org