तिलकराज भण्डारीको ‘जनयुद्धका हस्ताक्षर’, ‘प्रचण्ड’द्वारा विमोचन हुदै
जनयुद्धका ११२ चिठीपत्र समेटिएको 'जनयुद्धका हस्ताक्षर'
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) युवा विद्यार्थी नेता तिलकराज भण्डारीको ‘जनयुद्धका हस्ताक्षर’ नामक पुस्तक जनयुद्धका सुप्रिमो कामण्डर पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा विमोचन हुदै छ ।
जनयुद्धका सुप्रिमो कामण्डर पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा ‘जनयुद्धका हस्ताक्षर’ फागुन ११ गते (भोली) मंगलबार प्रज्ञा भवन कमलादीमा विहान १० बजे एक कार्यक्रमकाबीच विमोचन
तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको १० वर्षे जनयुद्धका क्रममा भएका विभिन्न ११२ वटा चिठी पत्रहरुलाई सम्पादन गरेर तिलकराज भण्डारीले पुस्तकका रुपमा ल्याएका हुन् ।
‘जनयुद्धको क्रममा आदरणीय कमरेडहरुका निर्देशनमुलक र वैचारिक पत्र व्यवहारलाई संगठित गरेको छु, क्रमश अन्तरजिल्ला, जनमुक्ति सेनामा कार्यरत योद्धाहरुको पत्राचारलाई समेट्ने प्रयास भएको छ,’ सम्पादक भण्डारीले पुस्तकमा उल्लेख गरेका छन् ।
२०५४ सालमा अखिल (क्रान्तिकारी) मा संगठित भएर राजनीतिक यात्रा सुरु गरेका भण्डारी २०५६ सालबाट जनयुद्धमा भूमिगत राजनीतिमा होमिएका थिए ।
२०५८ साल भदौ २८ गतेको प्रथम जिल्ला भेलाबाट सल्यान जिल्ला सदस्य, ०५९ मा जिल्ला समिति उपाध्यक्ष, ०६१ मा जिल्ला अध्यक्ष हुँदै भण्डारी जनयुद्धमा सक्रिय थिए ।
त्यसबेला जनयुद्ध व्यवस्थापनदेखि भिविन्न आक्रमण हुँदा चिठी पत्र आदनप्रदान हुन्थे । ती चिठीपत्रलाई संकलन गरेर राखेका भण्डारीले पुस्तकका रुपमा सम्पादन गरेका हुन् ।
जनयुद्धका ११२ वटा चिठीपत्र समेटिएको पुस्तकको विमोचन जनयुद्धका सुप्रिमो कामण्डर पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार एक कार्यक्रमकाबीच विमोचन गर्दैछन् ।
कार्यक्रममा वक्ता नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा स्थायी कमिटी सदस्य योगेश भट्टराई, युवा नेता रमेश मल्ल र समालोचक प्रा.डा. रमेशप्रसाद भट्टराई रहने छन ।
Comments
अरु समाचार
-
एमाले भोजपुरको अध्यक्षमा खड्का निर्वाचित
काठमाडाैं। नेकपा एमाले भोजपुरको नयाँ नेतृत्वमा मक्कर खड्काको प्यानलै विजयी भएको छ । भर्खरै सम्पन्न मत परिणाम अनुसार निवर्तमान अध्यक्ष...
-
मुख्यमन्त्री सोडारीलाई विश्वासको मतमा हतार नगर्न ओलीको निर्देशन
काठमाडौं । सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादी नेतृत्वको सरकारलाई सत्तारुढ दल नेकपा एमालेले तत्काल विश्वासको मत नदिने भएको छ। एमाले...
-
सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदै
काठमाडौं : क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आइतबार सुनुवाइ हुँदैछ। यसअघि वैशाख १० र १६ गत दुई दिन यो मुद्दा ‘हेर्न नभ्याइने’मा...
-
जनताले ‘पपुलिजम’ स्वीकार्य नभएको सन्देश दिए: महासचिव पोखरेल
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले विचारधाराको जगमा खडा भएका राजनीतिक दलहरूको विकल्प ‘पपुलिजम’का आधारमा खोज्ने प्रयास इलाममा असफल...
-
उपनिर्वाचनको समीक्षा गर्न रास्वपाको सचिवालय बैठक बस्दै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालयको बैठक आज बस्दैछ। उपनिर्वाचनको समीक्षा गर्न मुख्य पार्टी कार्यालयमा साढे ४ बजे...
-
आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै, पत्रकार महासंघद्वारा काठमाडौंमा प्रभातफेरी
काठमाडौं । आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि प्रेसः वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ नाराका साथ प्रेस स्वतन्त्रताको...
-
एमाले पश्चिम नवलपरासीको ९ औं अधिवेशन आजदेखि
रुपन्देही । नेकपा एमाले पश्चिम नवलपरासीको ९ औं अधिवेशन शुक्रबार आजदेखि सुरु हुँदैछ । शुक्रबार र शनिबार हुने अधिवेशन उद्घाटनका...
-
कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन : गृहमन्त्री लामिछाने
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुन नहुने बताउनुभएको छ । बाँकेको...
-
मन्त्रिपरिषद्को बैठक बस्दै, बजेट अधिवेशन आह्वानको तयारी
काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दैछ। बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दिउँसो २ बजे बोलाएको छ। आजको बैठकमा सरकारले संघीय संसदको...