ताजा समाचार

सुरक्षा परिषद र मन्त्रिपरिषदमा विप्लव नेतृत्वको नेकपाका बारेमा छलफल हुनेछ : मन्त्री ज्ञवाली

काठमाडाैँ । प्रधानमन्त्री केपी ओली आज सुरक्षा परिषद र मन्त्रिपरिषदको बैठक बोलाएका छन् ।

आज विहान ९ बजे सुरक्षा परिषदको बैठक बसेपछि मन्त्रिपरिषदको बैठक बस्नेछ ।

पछिल्लो समय विकसित घटनाक्रमका कारण यी दुवै बैठकलाई महत्वका साथ हेरिएको छ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले दुवै बैठकमा नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका बारेमा छलफल हुने जानकारी दिए ।

पछिल्लो समय सरकार र विप्लव समूहबीच वार्ताका प्रयसहरु भइरहेका समाचार आएका छन् । त्यसक्रममा विप्लवसमूहले पनि केही सर्त राख्दै आफू वार्ताका लागि तयार रहेको जनाइसकेको छ ।

स्रोतका अनुसार आज बस्ने बैठकबाट विप्लव नेतृत्वको नेकपामाथि सरकारले लगाएको प्रतिबन्ध फुकुवा हुनसक्ने सम्भावना छ ।

आजै साँझ प्रधानमन्त्री ओलीले चार वटै सुरक्षा निकायका प्रमुखसँग छलफल गर्ने तयारी गरेको पनि स्रोतले जानकारी दिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org