‘हामी प्रतिगमन विरुद्धको युद्धमा छौँ’: प्रचण्ड
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काअध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी फुटको बाटो रोजेर लोकतन्त्र र संविधान नै विसर्जन गर्न खोजेको आरोप लगाएका छन्।
जनयुद्धमा हस्ताक्षर पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘धेरै लामो कसरतपछि पार्टी एकता गरेका थियौँ, तर केपीजीले फुटको बाटो रोजेर लोकतन्त्र र संविधान विसर्जन गर्न खोज्नुभयो।’
उनले एकताको झण्डा बोकेर आफूहरू आधिकारिक रूपमा अगाडि बढ्न खोज्दा केही व्यक्तिले विभाजन गर्न खोजिरहेका बताए। जनयुद्धको उपलब्धिलाई अपहरण गर्न खोजेकाले अहिले शान्तिपूर्ण युद्ध लडिरहेको पनि उनले दाबी गरे।
‘अहिले हामी ७० वर्षको संघर्षपछि प्राप्त उपलब्धि रक्षा गर्न विभिन्न कोणमा लडाइँ लडिरहेका छौँ, त्यो युद्ध हामीले नै जित्नुपर्छ, जित्छौँ’ उनले भने।
उनले संसद विघटन विरुद्धको मुद्धा सर्वोच्च अदालतमा भएको बताउँदै त्यहाँबाट सहि फैसला आउने विश्वास पनि व्यक्त गरे।
‘हामी प्रतिगमन विरुद्धको युद्धमा छौँ। तर, पहिले रक्तपातयुक्त युद्ध गरेका थियौँ। अहिलेको पनि युद्ध नै हो। तर, रक्तपात र हिंसात्मक छैन,’ उनले थपे, ‘उपलब्धिलाई अपहरण गर्न खोजेपछि हामी नयाँ प्रकारको युद्धमै छौँ।’
क्रान्ति र युद्धबाट ल्याएको प्राप्ति जोगाउन लागिराख्ने समेत उनले बताए। जनयुद्धले नेपाली राजनीतिक परिवर्तनमा मुख्य भूमिका खेलेको दाबी पनि प्रचण्डले गरे।
Comments
अरु समाचार
-
एमाले भोजपुरको अध्यक्षमा खड्का निर्वाचित
काठमाडाैं। नेकपा एमाले भोजपुरको नयाँ नेतृत्वमा मक्कर खड्काको प्यानलै विजयी भएको छ । भर्खरै सम्पन्न मत परिणाम अनुसार निवर्तमान अध्यक्ष...
-
मुख्यमन्त्री सोडारीलाई विश्वासको मतमा हतार नगर्न ओलीको निर्देशन
काठमाडौं । सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादी नेतृत्वको सरकारलाई सत्तारुढ दल नेकपा एमालेले तत्काल विश्वासको मत नदिने भएको छ। एमाले...
-
सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदै
काठमाडौं : क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आइतबार सुनुवाइ हुँदैछ। यसअघि वैशाख १० र १६ गत दुई दिन यो मुद्दा ‘हेर्न नभ्याइने’मा...
-
जनताले ‘पपुलिजम’ स्वीकार्य नभएको सन्देश दिए: महासचिव पोखरेल
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले विचारधाराको जगमा खडा भएका राजनीतिक दलहरूको विकल्प ‘पपुलिजम’का आधारमा खोज्ने प्रयास इलाममा असफल...
-
उपनिर्वाचनको समीक्षा गर्न रास्वपाको सचिवालय बैठक बस्दै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालयको बैठक आज बस्दैछ। उपनिर्वाचनको समीक्षा गर्न मुख्य पार्टी कार्यालयमा साढे ४ बजे...
-
आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै, पत्रकार महासंघद्वारा काठमाडौंमा प्रभातफेरी
काठमाडौं । आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि प्रेसः वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ नाराका साथ प्रेस स्वतन्त्रताको...
-
एमाले पश्चिम नवलपरासीको ९ औं अधिवेशन आजदेखि
रुपन्देही । नेकपा एमाले पश्चिम नवलपरासीको ९ औं अधिवेशन शुक्रबार आजदेखि सुरु हुँदैछ । शुक्रबार र शनिबार हुने अधिवेशन उद्घाटनका...
-
कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन : गृहमन्त्री लामिछाने
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुन नहुने बताउनुभएको छ । बाँकेको...
-
मन्त्रिपरिषद्को बैठक बस्दै, बजेट अधिवेशन आह्वानको तयारी
काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दैछ। बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दिउँसो २ बजे बोलाएको छ। आजको बैठकमा सरकारले संघीय संसदको...