ताजा समाचार

शान्तिवाटिकामा विजय र्‍याली गर्दै प्रचण्ड–नेपाल समूह

काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले सर्वाेच्च अदालतले संसद पुनःस्थापना गरेको स्वागत गर्दै विजय र्‍याली गर्ने भएको छ ।

काठमाडौंको शान्तिवाटिकामा आज बुधबार दिउँसो १२ बजे विजय र्‍याली निकालिने स्थायी कमिटी सदस्य पम्फा भुसालले जानकारी दिइन् ।

प्रचण्ड–नेपाल समूहको केन्द्रीय संघर्ष समितिको निर्णय अनुसार बुधवार बिहान ८ बजे जिल्ला सदरमुकाममा कार्यक्रम भएका छन् ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि प्रचण्ड–नेपाल समूहले विरोध गर्दै आएको थियो । सर्वाेच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेपछि सो समूहले खुशीयाली मनाइरहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org