ताजा समाचार

केपी ओलीले भनेः मेरा भाइहरूले लड्‍डु खुवाएर जित मनाए, के जिते खै?

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्डले एक अर्कालाई लड्डु खुवाएर जित मनाएकोमा व्यङ्ग्य गरेका छन्।

आज काठमाडौँमा नेपालको माटोको डिजिटल नक्सा सार्वजनिक गर्ने क्रममा उनले प्रचण्ड र माधव नेपालले के जिते भन्ने प्रश्न नै रहेको जनाएका हुन्।

“हिजो अदालतको फैसला आयो, यो सामान्य कुरा हो। तर केही भाइहरूले हिजो लड्डु खुवाए हामीले जित्यौँ भनेर,” उनले भने, “के पाउनुभयो, के जित्नुभयो खै?”

यो कुरा अब आगामी दिनहरूले नै देखाउने प्रधानमन्त्री ओलीले जनाए। उनले थपे, “अब भोलिपर्सिदेखि राजीनामा फेरि माग्नुहुन्छ कि?”

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org