ताजा समाचार

नेकपा ओली समूहकाे स्थायी कमिटी बैठक स्थगित

काठमाडाैँ ।  आज बस्ने भनिएकाे नेकपा ओली समूहकाे स्थायी कमिटी  बैठक स्थगित भएको छ । प्रचार विभाग उपप्रमुख सूर्य थापाले बैठक स्थगित गरिएकाे जानकारी दिए ।

संसद् पुनर्स्थापना गर्ने सर्वाेच्च अदालतकाे फैसलापछि विकसित घटनाक्रमबारे छलफल गर्न हिजाे स्थायी कमिटी बैठक बसेकाे थियाे । साे बैठकले सर्वोच्चकाे फैसालालाई स्वागत गर्दै केन्द्रीय कमिटी र संसदीय दल बैठक बोलाउने निर्णय गरेको थियो । साथै आज पुनः बस्ने गरी नेताहरू उठेका थिए ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकारसमेत रहेका थापाले स्थायी कमिटी बैठक अब कहिले बस्छ भन्ने टुंगाे नभएकाे बताए । ‘आज बैठक बस्दैन । अर्काे मिति तय गरिएकाे छैन’, उनले भने ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org