ताजा समाचार

सत्ता समिकरणको चर्चाबीच कांग्रेसको पदाधिकारी बैठक बस्दै

काठमाडौं । प्रतिनिधिसभा पुनःस्थापनापछिको रणनीति बनाउन प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको पदाधिकारी बैठक बस्दै छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा अपराह्न ३ बजे पदाधिकारी बैठक बस्ने उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिए।

मंगलबार सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापनाको फैसला गरेपछि भावी सत्ता समीकरणको कसरत सुरु भएको छ । सिंगो नेकपासँग सभामुखसहित रहेका १ सय ७३ सांसद थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको निर्णय लिएपछि नेकपाका सांसद ओली र प्रचण्ड–नेपाल समूहमा विभाजित भएका छन् । दुवै समूहले संसदीय दलमा आफूसँग बहुमत भएको दाबी गरिएका छन् ।

नेकपाको यही अंक गणित कायम रहे सरकार बनाउन ओली र प्रचण्ड–नेपाल  १ सय ३८ सांसद पुर्‍याउन ६३ सांसद रहेको काँग्रेसकै साथ अनिवार्य  देखिएको छ । जसमा काँग्रेसका दुई जना सांसद निलम्बनमा छन् ।

यही परिदृश्यका बीच बुधबार नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल देउवालाई भेटन  बुढानिलकण्ठ पुगेका थिए। करिब आधा घण्टाको भेटमा देउवाले पार्टीमा छलफल गर्ने प्रचण्ड–नेपालसँग बताएका थिए ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org