ताजा समाचार

विप्लव समूहसँग छिट्टै वार्ता हुन्छः प्रधानमन्त्री ओली

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समूहसँग छिट्टै सहमति हुने बताएका छन् ।

उनले आज निर्वाचन क्षेत्र झापाको चाइना नेपाल फ्रेण्डसीप इन्डस्ट्रियल पार्कको शिलान्यास गर्दै उक्त कुरा बताएका हुन् ।

‘ तपाईंहरुलाई खुशीको खवर छ । शान्तिको सम्बन्धमा अलिअलि समस्या ठानिएको विप्लव समूहको समस्याको छिट्टै वार्ताद्वारा समधान गर्नेछौं,’ उनले भने ।

सरकारले २८ फागुन २०७५ देखि विप्लव समूहमाथि प्रतिबन्ध लगाएको छ । नेकपा विभाजन भएसँगै ओली समूहका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लवसँग संवादलाई अघि बढाएका छन् ।

उता केहि दिन अघि मात्र पार्टीका महासचिव विप्लवले पनि आफूहरु वार्ता गर्न तयार रहेको बताएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org