ताजा समाचार

सिंहदरबारमा प्रचण्ड-नेपाल पक्षको सचिवालय बैठक जारी

काठमाडाैँ । नेकपाका प्रचण्ड-नेपाल पक्षको सचिवालय बैठक सिंहदरबारमा बसेको छ।

सोमबार नेकपा संसदीय दलको कार्यालयमा बैठक बसेको हो।

सरकारले फागुन २३ गते प्रतिनिधि सभा बैठक राख्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ। अब कसरी अगाडि बढ्ने भन्नेबारे छलफल गर्न बैठक बसेको हो।

नेकपामा प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड-नेपाल समूहले बेग्लाबेग्लै गतिविधि गरिरहेका छन्।

बैठकमा उक्त समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, बरिष्ठ नेता झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org