ताजा समाचार

ओली समूहका प्रमुख सचेतकको कार्यकक्ष तयार

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख सचेतकमा नियुक्त गरेका विशाल भट्टराईको कार्यकक्ष तयार भएको छ ।

देव गुरुङलाई हटाएर ओलीले भट्टराईलाई प्रमुख सचेतकमा नियुक्त गरेका थिए ।

तत्कालीन एमाले संसदीय दल रहेको ठाउँमा भट्टराईको कार्यकक्ष तयार गरिएको हो । दलको प्रमुख सचेतक परिवर्तनको निर्णय जानकारीमा आएपछि कार्यकक्ष तयार गरिएको संसद सचिवालयले जनाएको छ । भट्टराईलाई गाडीसँगै ऐन अनुसारका अन्य सुविधा समेत प्रदान गरिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org