ताजा समाचार

प्रधानसेनापतिले लगाए कोरोना खोप

काठमाडौँ । प्रधानसेनापति पूर्णचन्द्र थापाले कोभिड- १९ (कोरोना भाइरस)विरुद्धको खोप लगाएका छन् ।

प्रधानसेनापति थापाले सोमबार काठमाडौं छाउनीस्थित वीरेन्द्र अस्पतालमा कोरोना खोप लगाएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालय जंगी अड्डाले जानकारी दिएको छ ।

नेपालमा माघ १४ गतेदेखि कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु भएको हो । सुरुमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायत फ्रन्टलाइनमा रहेकाहरूलाई कोरोना खोप लगाइएको थियो भने दोस्रो फागुन २३ गतेदेखि ५५ वर्षभन्दा माथि उमेरकालाई लगाउने सरकारले तयारी गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org