ताजा समाचार

पार्टीको आधिकारिकता हामीले पाइसक्यौँ, अब घोषणा हुन मात्रै बाँकी छ : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको आधिकारिकता पाइसकेको दाबी गरेका छन् ।

पेसागत महासंघ नेपाल र नेपाल राष्ट्रिय कर्मचारी महासंघबीचको एकता सभालाई सोमबार काठमाडौंमा सम्बोधन गर्दै उनले निर्वाचन आयोगसँगको छलफल, कुराकानीका आधारमा आफू यो निष्कर्षमा पुगेको बताएका हुन् ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीको यसमा पनि हार हुने जिकिर गरे । ओली सबैतिर नांगेझार भइसक्दा पनि लुगा लगाएर हिँडेको भान पार्दा आफू आश्चर्यमा परेको उनले बताए ।

अध्यक्ष प्रचण्डले केही दिनभित्रै नयाँ सरकार गठन हुने र ओली वहिर्गमन हुने जिकिर पनि गरे ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org