ताजा समाचार

संसद् पुनर्स्थापनाको फैसलाले प्रचण्ड-नेपाल समूह संकटमा : महेश बस्नेत

काठमाडाैँ । नेकपा ओली समूहका केन्द्रीय सदस्य महेश बस्नेतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलाले प्रचण्ड-माधव समूह संकटमा परेको बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा बस्नेतले सर्वोच्च आदालतको फैसलाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदच्यूत गर्न चाहाने प्रचण्ड-माधव पक्षलाई नै संकट परेको बताएका हुन् ।

उनले प्रचण्ड-माधव समूह प्रधानमन्त्री ओलीविरुद्ध दर्ता गरेको अविश्वास प्रस्ताव पनि फिर्ता लिनुपर्ने अवस्थामा पुगेको बताए । बस्नेतले कांग्रेस आफ्नो आन्तरिक कारण सत्ताको खेलमा नलाग्ने स्थिति भएकाले वर्तमान सरकारलाई हटाउने कुरा निकै चुनौतीपूर्ण हुने बताए ।

२३ फागुनपछि सरकार परिवर्तन हुन्छ भन्ने अनुमान अनुमानमै सिमित हुने पनि उनको भनाइ छ ।  प्रचण्ड-माधव पक्षले औपचारिक रुपमा पार्टी फुटेको कुरालाई कतै दर्ज नगराएमा बहुमत छ भनिएको केन्द्रीय कमिटी सदस्य र सांसदहरू केपी शर्मा ओली पक्षमा आउने उनले दाबी गरे ।

प्रचण्ड-माधव पक्ष मुद्दा, राजनीति, कानुनी हैसियत र अंक गणितीय हैसियतमा संकटमा परेको उनको भनाइ छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org