ताजा समाचार

नेकपा प्रचण्ड-माधव समूहको केन्द्रीय कमिटी बैठक आज

काठमाडाैँ । नेकपा प्रचण्ड-माधव समूहको केन्द्रीय कमिटी बैठक आज बस्ने भएको छ । संसद पुनर्स्थापनापछि विकसित घटनाक्रम तथा आगामी रणनीति तय गर्न सो समूहले केन्द्रीय कमिटी बैठक आह्वान गरेको हो ।

बैठक पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बस्ने भएको छ ।

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदम सर्वोच्च अदालतले उल्टाइदिएपछि प्रचण्ड-माधव समूह सरकार परिवर्तनको गृहकार्यमा जुटेको छ ।

त्यसका लागि प्रचण्ड-माधव समूहले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि छलफल गरेको छ । छलफलका लागि प्रचण्ड र माधव नेपाल देउवा निवास बूढानिलकण्ठ पुगेका थिए । त्यस्तै निर्वाचन आयोगले नेकपाको विवाद अझै निरुपण नगरिसकेको अवस्थामा सो समूह दबाबमा पनि छ ।

बुधबारको बैठकमा केन्द्रीय सदस्यलाई नागरिकता र परिचयपत्रसहित उपस्थित हुन निर्देशन दिएको छ । आवश्यक परे आफूपक्षीय केन्द्रीय सदस्यको सक्कलै फइल निर्वाचन आयोगमा बुझाउने सो समूहको तयारी छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org