ताजा समाचार

‘काँधमा जिम्मेवारी आयो भने भाग्नेवाला छैन’: देउवा

‘कांग्रेसलाई पदको लोभ छैन, टाउकोमा आयो भने भाग्ने पनि छैन,

काठमाडाैँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री हुने अवसर पाइयो भने जिम्मेवारीबाट नभाग्ने बताएका छन्।

उनले यो कुरा आज चितवनमा आयोजित कार्यक्रममा भनेका हुन्। ‘कांग्रेसलाई पदको लोभ छैन, टाउकोमा आयो भने भाग्ने पनि छैन,’ देउवाले भने, ‘काँधमा आएको जिम्मेवारीबाट भाग्नेवाला पनि छैन।’

आफूले प्रधानमन्त्री पद नमागेको पनि उनले बताए।

प्रधानमन्त्री पाए पार्टीलाई नै फाइदा हुने देउवाको भनाइ छ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रसंग उठाएको भन्दै जवाफमा उनले ‘शेरबहादुर प्रधानमन्त्री हुन नहुने भन्ने सानो चित्त नगर्न’ पनि पौडेललाई आग्रह गरेका छन्।

उनले प्रधानमन्त्रीका लागि मरिमेट्ने वा भाग्ने कुरा नहुने बताए। ‘काँधमा जिम्मेवारी आयो भने जिम्मेवारी लिनुपर्छ,’ उनले भने।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org