ताजा समाचार

आफताब आलमलाई छुटाउन प्रयासरत छु : सभापति देउवा

काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवाले इँटाभट्टामा जिउँदै मानिस जलाएर मारेको अभियोगमा कारागारमा रहेका निलम्बित सांसद आफताब आलमलाई छुटाउन आफू प्रयासरत रहेको बताएका छन् ।

आलमको मुद्दा अहिले अदालती प्रक्रियामा रहेकाले प्रक्रियाबाटै उनलाई छुटाउन आफू प्रयासरत रहेको उनले बताएका हुन् ।

गढीमाई नगरपालिकाद्वारा गढीमाई नगरपालिका–६ सिंगारमनमा आयोजित विष्णु महायज्ञको बुधबार उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री देउवाले आलमलाई रिहा गराउन आफूले पहल गरिरहेको जानकारी दिए ।

अर्को प्रसंगमा उनले देशबाट अहिले कोरोना पूर्णरुपमा समाप्त नभएकाले विज्ञको सल्लाहअनुसार अनिवार्य मास्कको प्रयोग गर्न र सामाजिक दूरी कायम राख्न सबैलाई आग्रह गरे ।

महायज्ञ एक सातासम्म चल्ने जनाइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org