ताजा समाचार

सरकार र विप्लव समुहवीच दोस्रो चरणको वार्ता सकियो, वार्ता निष्कर्ष नजिक

काठमाण्डाैैँ । सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीचको दोस्रो चरणको वार्ता सकिएको छ ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको दोस्रो चरणको वार्ता (बुधबार साँझ) भर्खरै सकिएको वार्ता टोलीका सदस्य डा. राजन भट्टराईले जानकरी दिए ।

यसअघि आजै बिहान सरकार र विप्लव समूहबीच पहिलो चरणको वार्ता भएको थियो । डा. भट्टराईले पहिलो र दोस्रो दुबै वार्ता सकारात्मक भएको जानकरी दिए ।

‘वार्ता बिषय केन्द्रीत रह्यो । दुबै पक्ष समान धारणा नजीक पुगेको र छिट्टै सकारात्मक निष्कर्षमा पुग्ने अपेक्षा गरिएको छ,’ उनले भने ।

वार्तामा सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामवहादुर थापा ‘बादल’ र प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई छन् भने विप्लव नेतृत्वको नेकपाका वार्ता टोली संयोजक खड्गवहादुर विश्वकर्मा र दीपक चलाउने रहेका छन् ।

वार्तामा विप्लव समूहले आफूमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्न र पक्राउ परेका आफ्ना नेता तथा कार्यकर्तालाई बिना सर्त रिहाइ गर्न माग गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org